महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालको लगातार चौथो जित, सेमिफाइनलमा प्रवेश

 भदौ १८, २०८० सोमबार १०:२१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाल आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

लगातार चौथो खेल जितेको नेपाल समूह 'ए' बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हाे । कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै, इन्दु बर्मा २० र सीता राना मगरले १७ रन बनाइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।

कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडे । नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए। नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया