झलनाथ खनालकाे दाबी– ‘एमालेभित्र विस्फोट हुन्छ, देशव्यापीरूपमा पहिरो जान्छ’

 भदौ २०, २०८० बुधबार १८:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले पार्टीभित्र विस्फोट हुने दाबी गर्नुभएकाे छ ।

आज बुधवार नेपाल आदिवासी जनजाती महासङ्घ (समाजवादी) को काठमाण्डाै जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी एमालेभित्र विस्फोट र विद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रूपमा पहिरो जाने समेत जिकिर गर्नुभयाे । जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अब एमालेभित्र पहिरो जाँदैछ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । एमालेले देशव्यापीरूपमा गलत कार्यदिशा लिएकाे छ । अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ । एमालेले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुनुपर्छ । यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ । विभिन्न खालका विस्फोट र विद्रोह हुन सक्छन् ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरू नेपाल आइरहेका भन्दै यसप्रति आशङ्का व्यक्त गर्नुभयो । अमेरिकी नेताहरू नेपाल आएर सबैभन्दा पहिले तिब्बती शरणार्थीहरूलाई भेटिरहेका उहाँले बताउनुभयो । अमेरिकीहरूको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चीनसँग जोडेर पनि हेर्नुपर्ने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया