नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - दक्षिण अफ्रिकासँगको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ । जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।
घरेलु टोली दक्षिण अफ्रिकाले जितका लागि दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले ४० ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका मार्नुस लाबुसेन सर्वाधिक ८० रनमा र एस्टन अगर ४८ रनमा अविजित रहे । ट्रविस हेडले ३३ रन जोडे ।
दक्षिण अफ्रिकाका कागिशो रवाडा र गेराल्ड कोट्जीले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले सर्वाधिक १ सय १४ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बभुमाको एकदिवसीय खेलमा यो पाँचौं शतक हो । उनीबाहेक दक्षिण अफ्रिकाका अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
अस्ट्रेलियाका जोश हेजलवुडले ३ विकेट लिए । मार्कस स्टोइनिसले २ विकेट लिए । दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल भोलि हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।