एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरियो

 भदौ २४, २०८० आइतबार ६:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ । सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो ।

बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो । त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ ।

घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो । बङ्लादेश ४८ ओभर १ बलमा २ सय ३६ रनमा अलआउट भयो । बङ्लादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन् ।

श्रीलङ्काका महेश तिक्ष्णा, दसुन सनका र महिषा पथिरनाले समान तीन/तीन विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । श्रीलङ्काका सदिरा समरविक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले । कुशल मेन्डिस ५० रन बनाएर आउट भए । बङ्लादेशका तक्सिन अहमद र हसन मोहमदले तीन/तीन विकेट लिए । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया