भन्सार छलेर ल्याएको सुनसहित तीन जना पक्राउ

 भदौ २६, २०८० मंगलबार २०:१९:४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – भन्सार छली लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेकाे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमालयन एअरलाइन्समार्फ दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छली अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डाैबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डाै महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा त्याे परिमाणको सुनसहित तत्काल फेला पारेर पक्राउ गरेको थियो ।

यसैगरी यस विषयमा थप सोधुपछ एवम् अनुसन्धानका क्रममा जगत लामा र मिङमा दोर्जे स्यान्तानलाई काठमाण्डाै महानगरपालिका–१५ ढल्कुबाट प्रहरीले पक्राउ गरेको हाे ।

उनीहरूले प्रयोग गरेको बाग्मती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बाग्मती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौचरन पठाएकाे प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया