नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – रुकुम पश्चिममा खरको छाना हटाउने कामले तीव्रता पाएको छ । जिल्लाभर एक वर्षका अवधिमा दुई हजार भन्दा धेरै घरमा खरका छाना हटाइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ नगरपालिका– ३ गाउँपालिकामा दुई हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएकाे हो।
गएको आर्थिक २०७९/८० वर्ष सबैभन्दा बढी एक हजार एक सय २० खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण आठबीसकोट नगरपालिकाले गरेको छ भने सबै भन्दा कम ५२ खरका छाना विस्थापित सानीभेरी गाउँपालिकाले गरेको छ ।
त्यस्तै मुसिकोट नगरपालिकाले एक सय ६१, चौरजहारी नगरपालिकाले दुई सय ३०, त्रिवेणी गाउँपालिकाले दुई सय १४ र बाँफीकोट गाउँपालिकाले दुई सय ६५ खरका छाना विस्थापित गरेको छ । सुरक्षित जनता आवस कार्यक्रमा छनोट भएका घरलाई जस्तापाताले निर्माण गर्न चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले सम्मान ५० हजारका दरले रकम भुक्तानी गरेका थिए । भने मुसिकोट नगरपालिका छनोटमा परेकाप्रति घरपरिवारलाई ५५ हजार रुपैयाँका दरले रकम उपलब्ध बनाएको मुसिकोट नगपालिकाका प्रवक्ता समिरजङ मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार जनता आवास कार्यक्रममा नगरपालिकाको ८९ लाख रुपैयाँ बजेट खर्च भएको छ । बाँफीकोट गाउँपालिकाले पनि घर ठूलो सानोको आधारमा छनोट भएका दुई सय ६५ घरमध्ये ३४ घरधुरीले जस्तापाताको लागि ३१ हजार आठ सय २३ र बाँकी दुई सय ३१ घरधुरीले ५० हजार रुपैयाँका दरले रकम भुुक्ताानी गरिएको गाउँपालिका प्राविधिक प्रमुख दलबहादुर ओली जानकारी दिनुभयो ।
आठबीसकोट नगरपालिकामा भने एक हजार एक सय २० घरधुरीलाई बोलपत्र प्रक्रियामार्फत हुलास स्टिल उद्योग कम्पनीले आठ करोड ५७ लाख रुपैयाँमा ठेक्का लिएको थियो । ठेक्कामार्फत जस्तापाता उपलब्ध बनाउँदा सुरक्षित जनता आवास कार्यक्रममा छनोट भएका घरपरिवारलाई राहत भएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
आव २०७९/८० मा नगरपालिकामा ठूलो सङ्ख्यामा खरका छाना विस्थापित गरे पनि अझै खरका छाना विस्थापित गर्न चार सय ८० घर बाँकी रहेको उहाँको भनाइ छ । त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा एक करोड सात लाख र चौरजहारी नगरपालिकामा एक करोड १५ लाख रुपैयाँ बजेट खर्च भएको छ ।
आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट गरी पालिकाले जस्तापाता उपलब्ध बनाएका थिए । खरको छाना हटाएर जस्ता पाताले घर निर्माण गर्न नसकिने अवस्थामा स्थानीय सरकारले जस्तापाता खरिदको लागि रकम उपलब्ध बनाउँदा स्थानीयहरु खुसी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।