प्रिमियर लिगमा आर्सनलको जित, चेल्सीको बराबरी

 असोज १, २०८० सोमबार ६:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एभर्टनलाई १–० गोलले हराएको छ । खेलको एकमात्र गोल लियान्ड्रो ट्रोसार्डले ६९औँ मिनेटमा गरेका थिए । जितपछि आर्सनल पाँच खेलमा चारमा जित र तिनमा हारसहित तालिकाको चौथो स्थानमा छ । पराजित एभर्टन पाँच खेलमा एक अङ्कसहित १८औँ स्थानमा छ ।

अर्को खेलमा चेल्सी र बर्नमाउथले बराबरी खेले । चेल्सीले बर्नमाउथको घरेलु मैदान भिटालिटीमा गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै चेल्सीको पाँच खेलमा पाँच अङ्क भएको छ ।

चेल्सी अङ्कतालिकाको १४औँ स्थानमा रहेको छ । बर्नमाउथ समान खेलमा तीन अङ्कसहित तालिकाको १५ औँ स्थानमा रहेको छ । प्रिमियर लिगमा म्यानचेस्टर सिटी शत प्रतिशत नतिजासहित शिर्षस्थानमा रहेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया