सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रका रूपमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गर्नुभएकाे छ ।
नेपाल बुद्धिजीवी सङ्गठनले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताउनुभयो । राजनीतिक प्रणालीमाथि खतरा निम्तिने कुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने उहाँकाे भनाइ छ ।
गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ कि सकिँदैन भन्ने नभई बनाएरै छोड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बरबाद हुन दिन नसकिने उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘को सरकारमा को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानुनअनुसार निष्पक्ष ढङ्गले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ । अझ सशक्त र प्रभावकारी बनाउनुपर्छ । याे अभियानलाई सफल बनाइएन भने मेरो, मेरो पार्टीको, अहिलेको सरकारको कुरा होइन, राजनीतिक प्रणालीमाथि खतरा पैदा हुन्छ । त्यो दिशातिर जान दिनु हुँदैन, त्यस कारण बनाउन सकिन्छ कि सकिँदैन होइन, बनाइन्छ, बनाउनुपर्छ । अब तैँ चुप मै चुप भएर यथास्थिति कायम प्रक्रियाले देश बन्दैन, देश बरबाद हुन दिन सकिँदैन । अब बनाउनैपर्छ । को सत्तापक्षमा छ, को प्रतिपक्ष भनेर नहेरौँ ।’
गृहमन्त्री श्रेष्ठले देश सङ्कटपूर्ण अवस्थामा रहेको भन्दै देशलाई बचाउनका लागि सबै सङ्गठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।