बाग्मती नदीमा मेलम्चीको पानी छाडियो
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूकाे जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले आज बिहीवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो । सचेतक बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्रीसमक्ष आग्रह गरेको बताउनुभयो ।
बर्ताैलाले आन्दोलनरत शिक्षक महासङ्घका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । सरकारले छिटो भन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गर्न र समस्याको निकास खोज्नुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘शिक्षक महासङ्घले गरेको आन्दोलनबारे एमाले संसदीय दलको तर्फबाट शिक्षामन्त्रीसँग केही विषय राख्यौँ । विद्यालयहरू बन्द भएको अवस्था छ, तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेका छाैँ । शिक्षकहरूका कतिपय जायज मागहरूलाई अविलम्ब सम्बोधन गर्नका लागि र विधेयकको अङ्ग बनाएर अगाडि बढ्नका लागि सरकारलाई औपचारिक आग्रह गर्याैँ ।’
जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढङ्गले पहल गरेको बताउनुभएकाे सचेतक बर्ताैलाकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।