नेपाल क्रिकेट सङ्घको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

 असोज ६, २०८० शनिबार ८:४८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) को नयाँ नेतृत्वका लागि आज चुनाव हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज चुनाव हुन लागेको हो ।

दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् ।

क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसङ्ख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ । 
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया