नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हराएको छ । लिगमा अपराजित यात्रा कायमै राखेको सिटीले ६ खेलमा १८ अङ्क जोडेको छ । सिटी अङ्कतालिकाको शीर्ष स्थानमा छ।
नटिङ्घम फरेस्टसँगको खेलमा सिटीका फिल फोडेन र एर्लिङ हालान्डले एक/एक गोल गरे । सिटी दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । उसका रोड्रीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए ।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० गोलले हराएको छ । उसका ब्रुनो फर्नान्डेजले खेलको ४५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै युनाइटेड ६ खेलमा ९ अङ्ककासाथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । अर्को खेलमा एभर्टनले ब्रेन्टफोर्डलाई ३–१ गोलले हराएको छ । त्यस्तै, लुटन टाउन र वुल्भ्सले एक/एक गोलको तथा क्रिष्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।