भारतले अस्ट्रेलियालाई दियाे ४०० रनकाे विशाल लक्ष्य, गिल र अय्यरकाे शतक

 असोज ७, २०८० आइतबार १८:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दाेस्राे एकदिवसीय अन्तर्राष्ट्रियमा भारतले अस्ट्रेलियालाई ४०० रनकाे विशाल लक्ष्य दिएकाे छ ।

इन्दाेरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९९ रन बनायाे । भारतका लागि शुभमन गिल र श्रेयस अय्यरले शतक बनाए । गिल १०४ र अय्यर १०५ रन बनाएर आउट भए । यस्तै सूर्यकुमार यादवले नटआउट ७२, कप्तान केएल राहुलले ५२ र इशान किशनले ३१ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका क्यामरन ग्रीनले २ तथा जाेश हेजलवुड, सेन एबाेट र एडम जम्पाले १/१ विकेट लिए ।

अस्ट्रेलियासँगकाे खेलमा भारतकाे याे अहिलेसम्मकै ठूलाे याेगफल हाे । यसअघि सन् २०२० मा अस्ट्रेलियाकाे सिड्नी मैदानमा भारतले घरेलु टाेलीसँगकाे खेलमा ३ सय ८९ रन बनाएकाे थियाे ।

तीन खेलकाे एकदिवसीय शृङ्खलामा भारत १–० ले अघि छ । पहिलाे एकदिवसीयमा भारतले अस्ट्रेलियालाई ५ विकेटले हराएकाे थियाे । शृङ्खला जित्ने सम्भावना कायम राख्न अस्ट्रेलियालाई याे खेल जित्नुपर्ने हुन्छ । याे खेल अस्ट्रेलियाले हारेमा भारतले १ खेलअघि नै शृङ्खला जित्नेछ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया