शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

 कात्तिक १७, २०७५ शनिबार ८:४८:२० | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार विभागले सेवाग्राहीकाे चाप बढेपछि शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । 

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति दिन लागेको हो । 

शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहाचलमा रहेकाे वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया