अभियन्ता ईः सँग सहमतिका लागि प्रयास भइरहेको छ : काठमाण्डौ महानगरपालिका

 असोज १०, २०८० बुधबार ८:२४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिका र अभियन्ता ईःबीच हिजो बेलुका भएको वार्ता निष्कर्षविहीन भएको छ । महानगरका प्रतिनिधि र अभियन्ता ईःबीच प्रदर्शनीमार्गको राष्ट्रिय सभा गृृहमा गएराति अबेरसम्म वार्ता भएको थियो । सहमतिको प्रयास भए पनि वार्ता निष्कर्षमा नपुगी टुङ्गिएको वार्तामा सहभागी महानगरका प्रवक्ता नवीनकुमार मानन्धरले जानकारी दिनुभयो ।

मुख्य गरी चार बुँदामा छलफल भएको र तीन वटा बुँदामा सहमति भएको तर सडक व्यवसायीलाई तिहारसम्म पसल राख्न तत्कालै ठाउँ तोक्नुपर्ने मागमा सहमति जुट्न नसकेको पनि प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

पहिलो बुँदामा अभियन्ता ईः र सहभागीले आन्दोलन रोक्ने र उहाँहरुलाई तत्काल अस्पताल लैजाने, दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने, तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत् हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र ठाउँ उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने गरी छलफल भएको थियो ।

यी बुँदामा सहमति भैसकेको तर चौथो बुँदामा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीलाई उपयुक्त ठाउँ तत्काल पहिचान गर्नुपर्नेमा महानगरले केही समय मागेको तर अभियन्ताबाट तत्कालै हुनुपर्ने अडानपछि सहमति नजुटेको प्रवक्ता मानन्धरको भनाइ छ ।

महानगरले सहमतिका लागि वार्ताको प्रयास गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । साना सडक व्यवसायीको व्यवस्थापन माग गर्दै अभियन्ता ईःले ९ दिनदेखि राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गर्दै आउनु भएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया