नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरू अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताउनुभएको छ ।
आज बुधवार सार्वजनिक लेखा समितिको बैठकमा सांसद भट्टराईले पछिल्लो छ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरू विदेश भ्रमणमा गइरहेका बताउनुभयो । कोभिड–१९ अगाडिको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरूको भ्रमण भइरहेको उहाँकाे भनाइ छ ।
शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै सांसद भट्टराईले यसले साधारण खर्च बढिरहेको बताउनुभयो । उहाँले पछिल्लो छ महिना, वर्ष दिनमा भ्रमण गएकाहरूको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सन् २०१७/१८ को समयमा भन्दा अहिले पछिल्लाे पाँच/छ महिनामा बढी विदेश भ्रमणहरू भइराखेको छ । ठूला टाेलीहरू, चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरूको टोली होस् । हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ । यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रमहरूमा स्वयम् मन्त्रीहरू उपस्थित हुने, सचिवहरू जाने तीन दिनको कार्यक्रमलाई सात/दश दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने । यसले गर्दा अत्यधिक रूपमा साधारण खर्च बढिराखेको छ ।’
सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरूले समयमै कार्यसम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भीर रूपमा चासो लिनुपर्ने बताउनुभयो । उहाँले आजका दिनसम्म सुन तस्करी छानबिनसम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको दाबी गर्नुभयाे । उहाँले आन्दोलनरत राहत शिक्षकहरूको माग सम्बोधन गरेर उनीहरूलाई तुरुन्त कक्षा कोठासम्म पुर्याउनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।