राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल पनि अस्ट्रेलिया प्रस्थान

 असोज १२, २०८० शुक्रबार ११:२८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी नेपाली फुटबल छाडेर आज बिहान अस्ट्रेलिया लागेका हुन् ।

विमलले सन् २०१३ मा पाकिस्तानसँगको खेलमा डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै गोल गरेका थिए । विमलले राष्ट्रिय टोलीबाट ९ गोल गरेका छन् । सन् २०१५ मा नेपालले १९ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्दा विमल कप्तान रहेका थिए ।

नेपाल सुपर लिग (एनएसएल) मा उनी ललितपुर सिटी एफसीको मार्की खेलाडी थिए । विमलले त्यो सम्झौता पनि रद्द गरी अस्ट्रेलिया गएका हुन् । पछिल्लो समय नेपाली फुटबल खेलाडी दिनेश राजवंशी, हेमन्त थापामगर, तेज तामाङ, दीपकसिंह ठकुरी, पुजन उपरकोटीलगायत विदेश पलायन भएका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया