गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली

 असोज १६, २०८० मंगलबार १४:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको आराेप लगाउनुभएकाे छ । 

आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको र काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्, हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । याे सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास विरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आममाफीको पनि विरोध गर्नुभएकाे छ । कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै ओलीले प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया