एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।
आज शुक्रवार प्रतिनिधिसभाकाे बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिकाे छलफलका क्रममा सांसद शर्माले विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताउनुभयो । उहाँले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताउनुभयो ।
सांसद शर्माले कक्षा १२ सम्मको विद्यालय शिक्षालाई कसरी एकरूपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयाे ।
उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि छन् । यसमा सार्वभौम संसद्ले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ । यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढङ्गले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ । यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ ।’
सांसद शर्माले शिक्षालाई सीपसँग कसरी जोड्ने ? सीपलाई कसरी श्रमसँग जोड्ने ? श्रमलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसम्म जोड्ने एउटा शिक्षण नीतिको आवश्यकता रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।