एसियाली खेलकुदको कराँतेमा नेपाललाई रजत पदक पक्का, एरिका पुगिन फाइनलमा

 असोज २०, २०८० शनिबार १५:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चीनमा चलिरहेको एसियाली खेलकुदमा नेपालले रजत पदक पक्का गरेको छ । हान्झाउमा भइरहेको खेलमा कराँतेतर्फ नेपाली एरिका गुरुङ ६८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेसँगै रजत पदक पक्का भएको हो ।

हङकङकी यान काइ होलाई पराजित गर्दै एरिका फाइनलमा प्रवेश गरेकी हुन् । उनले होलाई ८–४ को अन्तरमा हराइन् । फाइनलमा एरिकाले कजाकस्तानकी सोफ्या बेर्लुत्सेभासँग खेल्नेछिन ।यसअघि महिला कबड्डी टोली सेमिफाइनलमा पुगेर कास्य पदक जितेको थियो ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया