तीन जनाको शतक मद्दतमा दक्षिण अफ्रिकाले श्रीलंकालाई दियो ४ सय २९ रनको लक्ष्य

 असोज २०, २०८० शनिबार १९:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकासँगैको खेलमा दक्षिण अफ्रिकाले ४ सय २८ रन बनाएको छ । दिल्लीमा भइरहेको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४ सय २९ रनको दिएको  हो ।

टस हारेर पहिले ब्याटिङ पाएको दक्षिण अफ्रिकाले ५० ओभरमा पाँच विकेट गुमाएर ४ सय २८ रन बनायो । उसका तीन जना खेलाडीले शतक प्रहार गरे । क्विन्टन डि कक, रसी भान डर डुसान र एडिएन मार्करमले शतक प्रहार गरेका हुन् ।

मार्करमले ४९ बलमै शतक प्रहार गरेर विश्वकपमा सबैभन्दा छिटो शतक हान्ने रेकर्ड बनाएका छन् । श्रीलंकाका दिलसान मधुशंकाले दुई र कसुन रजिथा, मथीशा पाथिरना तथा  दुनिथ वेलालागेले एक एक विकेट लिए।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया