नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – इजरायलमा भएको प्यालेस्टिनी आक्रमणमा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरु पनि घाइते भएका खबरहरु सार्वजनिक भएका छन् । इजरायलमा रहेको नेपाली दूतावासले केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी संकलनको काम भइरहेको बताएको छ । कतिपय सञ्चारमाध्यमहरूले नौ जना नेपाली घाइते भएका र १७ जना नेपालीलाई हमासले बन्धक बनाएको उल्लेख गरेका छन् । तर नेपालको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दुतावासले त्यसको पुष्टि गरेका छैनन् ।
इजरायलमा रहेको नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको भन्ने विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताउनुभएको बीबीसी नेपाली सेवाले जनाएको छ ।
इजरायलमा भण्डै पाँच हजार जना नेपाली कार्यरत रहेको गैह्र आवासीय नेपाली संघ इजरायलले जनाएको छ । यसैबीच हमासको आक्रमणबाट इजरायलमा ज्यान गुमाउनेको संख्या ४० जना पुगेको इजरायली अधिकारीले पुष्टि गरेका बीबीसीले जनाएको छ । इजरायलमा सात सय ५० जना भन्दा धेरै घाइते भएका छन् ।
यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ । इरानले प्यालेस्टिनको हमासले इजरायलमा गरेको आक्रमणमा समर्थन गरेको छ । संयुक्त राष्ट्रसंघ, अन्तरािष्ट्रय रेडक्रस लगायतका अन्तराष्ट्रिय संस्थाहरुले युद्ध तत्कालै रोक्न आग्रह गरेका छन् । अमेरिकाले आफू इजरायली सरकार र नागरिकको पक्षमा रहेको बताएको छ ।
यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल युद्धमा रहेको भन्दै हमासले कहिल्यै नसोचेको मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बिहान २० मिनेटमा ५ हजार वटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाले गाजा वरपरका बासिन्दाहरूलाई भित्रै बस्न र दक्षिणी र मध्य क्षेत्रका नागरिकहरूलाई सेल्टरको छेउमा बस्न भनेको छ ।
पछिल्लो पटक सन् २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको ज्यान गएको थियो । त्यसअघि सन् २०२१ मा ११ दिनसम्म चलेको हिंसात्मक द्वन्द्वमा गाजाका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।