विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

 असोज २१, २०८० आइतबार १६:५६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

आज आइतवारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । अबको ७२ घण्टाभित्र सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्ने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो ।

प्रस्ताव स्वीकृत गर्नुअघि शिक्षा मन्त्री राईले गएको ५ गते नेपाल शिक्षक महासङ्घ र १२ गते राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभयो । उहाँले शिक्षक आन्दोलनका क्रममा उनीहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने बताउनुभयो ।

सांसदहरूले उठाएका विषयमा जवाफ दिने क्रममा उहाँले विद्यालय शिक्षा विधेयक संविधानको व्यवस्था र मर्मबमोजिम नै तयार पारेको बताउनुभयो । उहाँले सङ्घीय सरकार र प्रदेश सरकारको समेत सहभागिता हुने गरी आधारभूत र माध्यमिक तहसम्मको शिक्षा पालिका तहलाई नै जिम्मा लगाउने सोच रहेको बताउनुभयो ।

विधेयक पुनर्लेखन गर्दा प्रक्रिया लम्बिने भन्दै उठेका मागहरू संसदमा प्रवेश गराएर सहमति गर्नु उचित हुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया