एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले कैद मिनाहामा देखिएको कानुनी छिद्र टाल्न सरकारले पहल लिइरहेको बताउनुभएको छ ।
आज आइतवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले यस वर्ष केही अपराधीले कानुनी छिद्रको प्रयोग गर्दै कैद मिनाहा पाएका बताउनुभएको हो । उहाँले आउँदा दिनमा कानुनी छिद्र टाल्ने गरी सरकारले सचेततापूर्वक पहल लिइरहेको बताउनुभयो । सरकारले आफ्नो असावधानीलाई गम्भीर शिक्षाको रूपमा लिनुपर्ने सांसद दाहालकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अपराधीहरू कानुनी छिद्र प्रयोग गरेर निस्किए । याे सार्वजनिक बहसको विषय बनेको छ । आउँदा दिनमा दण्डित हुनुपर्ने अपराधीहरू नछुट्ने परिस्थिति पैदा हुने गरी कानुनी छिद्र टाल्ने गरी सरकारले योबारेमा सचेततापूर्वक पहल लिइरहेको छ । आउँदा दिनमा पीडितहरू थप पीडामा नपर्ने गरी अपराधीहरूलाई माफी नहुने गरी हामी कानुनी छिद्र बन्द गर्छाैँ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।