अख्तियारकाे अनुसन्धान कमजाेर भयाे : राजेन्द्र पाण्डे

 असोज २४, २०८० बुधबार २०:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धान कमजोर भएको दाबी गर्नुभएकाे छ ।

आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपाध्यक्ष पाण्डेले यस्ताे दाबी गर्नुभयाे । उहाँले कतिपय ऐन बनाउने सवालमा आयोगलाई दिइएको अधिकारको दुरुपयोग भएको बताउनुभयो । फाइललाई वर्षाैँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय ऐन बनाउने सवालमा आयाेगले पाएको अधिकारलाई दुरुपयोग गरेकाे छ । फाइललाई वर्षाैँसम्म थन्क्याएर काममा बाधा हाल्ने काम अख्तियार प्रमुखबाट भइरहेको छ कि छैन ? रातो घरको बेसरी आतङ्क छ । अख्तियारको विस्तृत अनुसन्धान कमजोर छ । त्यसकै लागि विशेषज्ञताकाे विकास गर्ने ढङ्गले लाग्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा क्षमता वृद्धि हुन आवश्यक रहेकाे पनि बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया