१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताउनुभएकाे छ ।
आज बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन गराउने गरिएको भन्दै अनौपचारिक रूपमा लेनदेन गर्नेहरूलाई पनि भ्रष्टाचार गरेको ठहर्ने गरी कानुनी दायरामा ल्याउन आवश्यक रहेकाे बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘भ्रष्टाचारको स्वरूप परिवर्तन भएको छ । भ्रष्टाचार गर्ने पैसा चाहिँ आफूले नलिने प्रवृत्ति बढेकाे छ । पैसा अरूले नै लिने, सार्वजनिक पद धारण गरेको व्यक्तिले होइन । मानौँ लेखनदासले लिइदिन्छ, उसले कहिले बाँड्छ थाहा छैन । व्यक्तिले लिएका हुन्छन्, उसलाई पक्रेर के गर्नु ? भ्रष्टाचार अन्य माध्यमबाट हुन थालेपछि भ्रष्टाचार कसरी पत्ता लाग्छ ? त्यसैले भ्रष्टाचार नियन्त्रण नै गर्ने हो यस विषयमा पनि साेच्नुपर्छ ।’
प्रमुख आयुक्त राईले मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने बताउनुभयाे । उहाँले आयोग अहिलेसम्म मन्त्रिपरिषद्ले गरेका सबै निर्णयहरू नीतिगत निर्णय भन्ने बुझाइमा रहेको बताउनुभयो । वास्तविक र गलत नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नीतिगत निर्णय भनेको के हो भन्ने प्रश्न सधैँ प्रश्नकै रूपमा रह्यो । मन्त्रिपरिषद्ले गरेजति सबै निर्णय नीतिगत निर्णय हो भन्ने हाम्रो सोचाइ छ । नीतिगत निर्णय सबैमा समान रूपमा लागू हुनेखालको हुनुपर्छ । साझा हुनुपर्छ । राष्ट्रहितका लागि हुनुपर्छ । व्यक्तिगत फाइदाका लागि हुनु हुँदैन भन्ने हो । खरिदमा अलिकति अप्ठ्यारो पर्याे भने मन्त्रिपरिषद् पठाइदियो, अप्ठ्यारा खालका विषय छन् भने मन्त्रिपरिषद् पठाइदियो अनि निर्णय गरिसकेपछि सिद्धियो । त्यसैले परिभाषित हुनुपर्ने अवस्था आयो । नीतिगत निर्णयका कारण धेरै विषयवस्तुहरू विवादमा परिरहेको अवस्था छ । यस विषयमा हामीले सोच्नुपर्छ ।’
प्रमुख आयुक्तले भ्रष्टाचार अन्तर्राष्ट्रीयकरण भएको बताउनुभयो । उहाँले ठूल्ठूला कारोबारकाे लेनदेन सिङ्गापुर, हङकङ र यूएईमा हुने गरेकाले प्रमाण सङ्कलनमा समस्या पर्ने गरेको बताउनुभयो ।
उहाँले अनुचित लेनदेनको कुरा अख्तियारले हेर्न नपाउने गरेको भन्दै यसले पनि अनुसन्धानमा असर परिरहेको उल्लेख गर्नुभयाे । अनुचित लेनदेनबाट भ्रष्टाचार भएको अवस्थामा त्याे विषय अख्तियारले हेर्न सक्ने गरी कानुन बनाउनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।