नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकमा अफगानिस्तानले भारतलाई २ सय ७३ रनकाे लक्ष्य दिएकाे छ ।
दिल्लीकाे अरुण जेट्ली स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७२ रन बनायाे । अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जाेडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए ।
दुवै टाेलीकाे याे दाेस्राे खेल हाे । भारतले पहिलाे खेलमा अस्ट्रेलियालाई हराउँदा अफगानिस्तान बङ्गलादेशसँग पराजित भएकाे थियाे । भारत एक खेलमा दुई अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ भने अफगानिस्तान १ खेलमा अङ्कविहीन हुँदै नवाैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।