नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ३ सय १२ रनकाे लक्ष्य दिएकाे छ ।
लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन बनायाे । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाए । उनी १ सय ९ रन बनाएर आउट भए । यस्तै एडन मारक्रमले ५६ र कप्तान तेम्बा बभुमाले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २/२ विकेट लिए ।
दुवै टाेलीकाे याे दाेस्राे खेल हाे । दक्षिण अफ्रिकाले पहिलाे खेलमा श्रीलङ्कालाई हराउँदा अस्ट्रेलिया भारतसँग पराजित भएकाे थियाे । दक्षिण अफ्रिका अङ्क तालिकाकाे चाैथाे स्थानमा छ भने अस्ट्रेलिया साताैँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।