रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ ।
उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान गएको दाबी गरिएको छ ।
इजरायली सेनाले बिहीवार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र घरहरू, हतियार डिपोहरू तथा सञ्चार कक्षहरूसहित लगभग ७ सय ५० ठाउँ लक्षित आक्रमणको घोषणा गरेको छ । इजरायली सेनाको निर्देशन पछि गाजाको उत्तरी क्षेत्रका बासिन्दाहरु दक्षिणी गाजातर्फ लागेका छन् ।
इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गर्ने भन्दै त्यहाँका झण्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएको थियो । हमासले इजरायलमा आक्रमण गरेको आज एक हप्ता भएको छ । हमास र इजरायली सेनाबीच युद्ध चर्किँदै गएको छ ।
हमासको आक्रमणमा इजरायलतर्फ एक हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झण्डै एक हजार आठ सय जना प्यालेस्टिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।