कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिक फिर्ता हुने

 असोज २९, २०८० सोमबार ८:४८:२३ | एजेन्सी
unn.prixa.net

यौन तथा अन्य दुर्व्यवहारको आरोप लागेपछि कङ्गोमा कार्यरत दक्षिण अफ्रिकाका नौ जना शान्ति सैनिकलाई फिर्ता हुने भएका छन् ।

संयुक्त राष्ट्रसङ्घले उनीहरूविरुद्धको आरोपको गम्भीरतालाई ध्यानमा राख्दै तत्काल स्वदेश फर्काउने निर्णय गरेको जनाएको छ । उनीहरुले आरोपमाथि छानबिन गर्न पनि अवरोध गरेका राष्ट्र सङ्घले जनाएको छ । राष्ट्र संघका अनुसार अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने तयारी भएको छ ।

पूर्वी कङ्गोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा धेरै शान्ति सेना तैनाथ छन् । त्यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसङ्घले जनाएको छ ।  दक्षिण अफ्रीकी अधिकारीहरूले पीडितलाई सहयोग गर्नेे तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसङ्घको मानकलाई कायम राखिने प्रतिबद्धता जनाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया