नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् ।
पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् । उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको जनाइएको छ । तर, त्यहाँका बासिन्दाले गाजामा कतै पनि सुरक्षित ठाउँ नभएको बताएका छन् ।
आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्न कठिन भएको छ । शव व्यवस्थापन गर्न ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पूर्ण नाकाबन्दी गरेको छ । अहिले अस्पतालमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको भए पनि आजदेखि जेनेरेटरको इन्धन सकिने जनाइएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।