नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा आज लाओससँग खेल्दैछ । लाओसकाे राष्ट्रिय रङ्गशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।
काठमाण्डाैको दशरथ रङ्गशालामा भएको पहिलो लेगको खेलमा १–१ गोलको बराबरी भएको थियो । आजको खेल जित्ने टोलीले समूह 'एच' मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एण्ड अवेका आधारमा खेल्नेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रमक फुटबल खेल्ने बताएका छन् । नेपाल अहिलेसम्म लाओससँग पराजित भएको छैन । यसपल्ट छनोटको प्लेअफ नियमअनुसार अबे–गोलको फाइदा लागू हुने छैन ।
दुई लेगको निर्धारित समयको खेल बराबरीमा रहे, शुरुमा ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ । त्यसमा पनि बराबरीको स्थिति रहे, खेल टाइब्रेकरमा जानेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।