एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङमा रहेकाे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज बिहीवार दिउँसो एक सूचना जारी गर्दै उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको जनाएको हो ।
‘उहाँ पूर्ण होसमा हुनुहुन्छ, स्वास्थ्यमा सुधार भइरहेको महत्त्वपूर्ण सङ्केत देखिएको छ’, अस्पतालद्वारा जारी सूचनामा भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि सघन उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।
छातीमा दुखाइ भएपछि उपचारका लागि उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालको आकस्मिक कक्षमा पुग्नुभएको थियो । अस्पताल पुगेलगतै उहाँको कोरोनी एजियोग्राम गरेर छातीको जाँच गरिएको थियो । जाँचका क्रममा मुटुको बाया धमनी बन्द भएको देखिएपछि 'स्टेन्ट' राखिएको अस्पतालले जनाएको छ ।
तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल को–अपरेसन (बीआरएफ) मा सहभागी हुन चीनको बेइजिङ आइपुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई गए राति हृदयघात भएको थियो ।
चीन सरकार तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र श्रेष्ठकाे उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएको बताइएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले उहाँलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँका अनुसार उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था राम्रो रहेको र दोहोरो संवाद गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।