नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिकाले दशैँलाई लक्षित गरी घरदैलोमा पुगेर लाभग्राहीलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आव २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेको हो ।
नेपालीको महान् पर्व बडादशैँ शुरु भइसकेको र ज्येष्ठ नागरिकले दशैँ खुसीसाथ मनाउन सकून् भन्ने उद्देश्यसहित घरदैलोमा नै पुगेर भत्ता वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग (क) वर्ग, अशक्त अपाङ्ग (ख) वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालिएको छ ।
उहाँले भन्नुभयो, 'अशक्त व्यक्तिलाई घरमै पुगेर भत्ता वितरण गरेका छाैँ भने अन्यलाई घर नजिकको पायक पर्ने स्थानमा भेला गराइ भत्ता वितरण गरिएको छ । दशैँका बेला भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् ।
वडा नम्बर १ का अशक्त व्यक्तिलाई घरमा नै पुगेर भत्ता वितरण गरिसकिएको छ । त्यस्तै, यही असोज २७ गते त्यही वडाको देवीडाँडा आमा समूह भवन, २८ गते चन्द्रोदय माविमा भत्ता वितरण गरिएको छ ।
त्यस्तै वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँमा असोज २६ गते, तिलबारी, नयाँगाउँ र डुम्रीखर्कमा असोज २७ गते भत्ता वितरण गरिएको छ भने ढापटार, नारीघाट, खानीखोलामा कात्तिक १ गते, अदुवाखर्क, ढकालटार, घोक्रिङ खर्कमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।
वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा असोज २९ गते, वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा असोज २७ गते, आमडाँडा, बेसी, खस्राङ, पूर्वबेसी, दुवाबेसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा असोज २८ गते भत्ता वितरण गरिएको छ ।
वडा नम्बर ५ को घुमाउने, बरालुङबेसी, लाब्दी, भोटेश्वारा, भकुन्डी, वडा कार्यालय भवनमा कात्तिक १ गते, वडा नम्बर ६ को हिलेखर्क, पुर्लुङमा कात्तिक १ गते र प्युघर र रतनपुरमा कात्तिक २ गते भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकलाई जसरी हुन्छ सेवा लिन सजिलो बनाउने बताउनुभयो । अध्यक्ष चुमानका अनुसार सामाजिक सुरक्षा भत्ता लिन जनतालाई बैंकसम्म आइपुग्ने झन्झटबाट मुक्त गर्न टोलमै पुगेर भत्ता वितरण गर्न थालिएको हो ।
उहाँले भन्नुभयो, 'मैले चुनावमा नागरिक सामु गरेका वाचा पूरा गर्दै टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण अभियानलाई निरन्तरता दिएको छु । पहिलो प्राथमिकता नै अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई कसरी सहजरुपमा गाउँमै भत्ता पुर्याउन सकिन्छ भन्ने थियो ।
टोल–टोलमा भत्ता वितरण शुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यो कामका कारण ज्येष्ठ नागरिक खुसी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।