गाजामा मानवीय सहायताका लागि राहत सामग्री पुर्याउनेक्रम निरन्तर

 कात्तिक ७, २०८० मंगलबार १२:५५:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आवश्यक सहायता लिएर तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको छ । इजरायल र लडाकु समूह हमासबीचको लडाइँका कारण गाजामा बीस लाखभन्दा धेरै नागरिक समस्यामा परेका छन् । त्यहाँ इजरायलको पूर्ण नाकाबन्दी छ ।

गाजाका लागि इजरायलको सीमा क्रसिङ बन्द भएका कारण इजिप्ट र गाजालाई जोड्ने रफाह क्रसिङ प्यालेस्टिनी क्षेत्रमा सहायता सामग्री पुर्याउने एकमात्र व्यावहारिक मार्ग बनेको सीएनएनले जनाएको छ । नागरिकले मुख्य गरी पानी र खाद्यान्नको चरम अभाव झेल्नुपरेको छ ।

शनिवार र आइतवार ३४ वटा ट्रकले रफाह क्रसिङमार्फत् इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी र औषधिसहित अत्यावश्यक सामग्री पुर्याएका थिए । मानवअधिकार संस्थाहरूले प्यालेस्टिनी क्षेत्रसम्म पर्याप्तरूपमा सहायता सामग्री नपुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले गाजामा इजरायलको कारबाहीलाई मानवताविरुद्धको कदमका रुपमा घोषणा गरेका छन् । 

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया