लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित
मंसिर १४, २०८१ शुक्रबार
बाग्लुङ – धौलागिरि अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चाको जन्म भएको छ । दशैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि स्वास्थ्यकर्मीको सक्रियतामा बाग्लुङकाे जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिनुभएको हो । बच्चाको तौल चार किलाे सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ ।
अस्पतालको प्रसूति वार्डमा तामाङले बिहीवार सामान्यरूपमा छोरा जन्माउनुभएको अस्पतालका नर्सिङ इन्चार्ज देवी भट्टराईले बताउनुभयो । यो छन्त्यालको चौथो सन्तान हो ।
पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताउनुभयो ।
दशैँका बेलामा पोखरा जान पनि गाह्रो भएकाले नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उहाँको पति नेत्रबहादुर छन्त्यालले बताउनुभयो । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।
धाैलागिरि अस्पतालमा प्रसूतिका लागि एक दिनमा १०/१२ जना महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो पाँच सय ग्रामसम्मको बच्चाको जन्मिएकाेमा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्मिएकाे हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।