नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
इजरायली सेनाले हमासको हवाई आक्रमणको नेतृत्व गर्ने कमान्डर असिम अबु रकाबा मारिएको दाबी गरेको छ ।
हमासका वायु सेना प्रमुख असिमले गएकाे अक्टाेबर ७ मा आक्रमण गर्नेहरूलाई निर्देशन दिएकाे इजरायलकाे दाबी छ । उनकै निर्देशनमा हमासका प्याराग्लाइडरहरू इजरायल पसेका थिए । यी कमान्डर इजरायली सेनाको पोस्टमा ड्रोन आक्रमणमा पनि संलग्न रहेको बताइएकाे छ ।
इजरायली रक्षा बलले सामाजिक सञ्जालमा लेखेकाे छ, ‘गएकाे रातकाे लडाइँका क्रममा आईडीएफकाे लडाकु विमानले हमासलाई हवाई आक्रमणकाे निर्देशन दिने असिम अबु रकाबामाथि आक्रमण गरी मारेकाे छ ।’ ‘अबु रकाबा हमासको यूएभी, ड्रोन, प्याराग्लाइडर, एरियल डिटेक्शन र रक्षाका लागि जिम्मेवार थिए’, इजरायली रक्षा बलकाे पोस्टमा भनिएको छ ।
इजरायल र हमासबीच जारी युद्धकाे तेस्राे हप्ता बितिसकेकाे छ । हमासले इजरायलमाथि गएकाे अक्टाेबर ७ मा आक्रमण गरेकाे थियाे । याे आक्रमणमा इजरायलका एक हजार चार सय नागरिककाे ज्यान गएकाे थियाे । यस्तै इजरायली आक्रमणमा गाजा पट्टीमा अहिलेसम्म सात हजार जनाभन्दा धेरैकाे ज्यान गइसकेकाे खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।