नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता भाेलि साेमवारदेखि शुरु हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुने छनाेट प्रतियाेगिता आउँदाे १९ गतेसम्म चल्नेछ ।
टी–२० विश्वकप छनाेटका लागि नेपालले आज आइतवार त्रिवि क्रिकेट मैदानमा तयारी गरेकाे छ । नेपालले भाेलि सिङ्गापुरसँग खेल्दैछ । यस्तै दाेस्राे खेलमा पर्सि मङ्गलवार मलेसिया र तेस्राे खेलमा आउँदाे बिहीवार ओमानसँग खेल्नेछ ।
नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्न पाउने छन् ।
नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
तस्बिर : क्यान
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।