नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आठौँ पटक पुरुष बालोन डी’ओर अवार्ड जितेका छन् ।
गएको वर्ष कतारमा भएको विश्व कपमा आफ्नो देशलाई उपाधि जिताउन मद्दत गरेका मेसीले फ्रान्सको पेरिसमा आयोजित समारोहमा अवार्ड जितेका बीबीसीले जनाएको छ ।
मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भएका हुन् ।
विश्व कपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए । बालोन डी'ओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका एक सय पत्रकारहरूले मतदान गरेका थिए ।
मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी’ओर जितेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।