नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – मलेसियालाई हराउँदै नेपाल एक खेलअघि नै आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायाे । समूह 'ए' बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान ४ अङ्क भए पनि नेपाल नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ ।
मलेसियाले दिएकाे १ सय ६६ रनकाे लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेटायाे । नेपालका कुशल मल्लले अर्धशतक बनाए । मल्ल ३४ बलमा ७ छक्का र २ चाैका प्रहार गर्दै ६५ रन बनाएर आउट भए । यस्तै कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३२ रन बनाए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायाे । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपालले हिजो साेमवार सिङ्गापुरलाई ८ विकेटले हराएकाे थियो । अब नेपालले बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।
छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।