लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।
आज बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक लेखकले यो व्यवस्था (गणतन्त्र) र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताउनुभएकाे हाे । उहाँले यो संविधान र व्यवस्था असफल भए देश खतरामा जाने दाबी गर्नुभयो । संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अब यो संविधान असफल गर्ने छुट हामीसँग छैन । यदि यो संविधान असफल भयो भने देश अत्यन्त अनिष्टकारी खतरा, अफ्ठ्यारोमा पुग्न सक्छ । यो संविधान सफल गर्नका लागि पनि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्छ । यो संविधान र अहिलेको व्यवस्थामा यदाकदा यसका विरुद्धमा प्रायाेजित रूपमै आवाज उठाउने गरिएको छ ।यो व्यवस्था, यो संविधान नै खराब हाे भन्ने गरिएकाे छ । पुराना राजनीतिक दलहरू बेठीक हुन्, यी अब काम लाग्दैनन्, केही काम गर्न सक्दैनन् भन्ने एउटा प्रायोजित ढङ्गले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ । यो देशका लागि खतरा छ ।’
प्रमुख सचेतक लेखकले संविधान सफल बनाउनका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनुभयो । प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।