लुम्बिनी लायन्सकाे मुख्य प्रायाेजकमा एनसेल
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि भन्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
आज बिहीवार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष यादवले अहिलेसम्म सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै सत्तारूढ दलहरूले नै सङ्घीयता खारेज गर्छन् कि जस्तो देखिएको बताउनुभएको हो । उहाँले प्रदेशलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्ति नदिँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसरी टिक्छ भनेर प्रश्नसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म सङ्घीय निजामती ऐन निर्माण गरिएन । एक जना माननीयले सङ्घीयता खारेज गरौँ भन्नु हुन्थ्याे । यहाँ भन्नै पर्दैन, यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त । आठ/आठ वर्षसम्म सङ्घीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरूलाई अधिकार, कानुन र काम गर्ने आवश्यक जनशक्तिसमेत नदिने अवस्थाले कसरी सङ्घीय गणतन्त्र टिक्छ ? कसरी सङ्घीय गणतन्त्र संस्थागत हुन्छ ?’
अध्यक्ष यादवले आउँदा दिनमा लामो समयसम्म संसद् अवरुद्ध हुने र संसदमा विधेयक नल्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।