नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ९२ रनकाे लक्ष्य दिएकाे छ ।
मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायाे । अफगानिस्तानका इब्राइम जद्रानले शतक बनाए । उनी एकदिवसीय विश्वकपमा अफगानिस्तानबाट शतक बनाउने पहिलाे खेलाडी पनि बने । जद्रान १ सय ४३ बलमा १ सय २३ रनमा नटआउट रहे । यस्तै रशिद खानले १८ बलमा नटआउट ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जाेश हेजलवूडले २ विकेट लिए ।
अस्ट्रेलिया र अफगानिस्तान दुवै टाेलीकाे सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । अस्ट्रेलिया ७ खेलमा १० अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । अफगानिस्तान उति नै खेलमा ८ अङ्कसहित छैटाैँ स्थानमा छ । भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।