विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई दियो १ सय ७२ रनको लक्ष्य

 कात्तिक २३, २०८० बिहीबार १७:५९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले न्युजिल्याण्डलाई १ सय ७२ रनको लक्ष्य दिएको छ । बेंग्लोरमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २/२ विकेट लिए । न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीन वटै टिमको सेमिफाइनलमा पुग्ने सम्भावना छ । तीन वटै टिमको  समान आठ खेलमा ८/८ अंक छ ।

आज श्रीलंकालाई हराएमा न्युजिल्याण्ड अन्तिम चारमा पुग्ने सम्भावना धेरै छ, किनकि पाकिस्तान र अफगानिस्तानको भन्दा न्युजिल्याण्डको रनरेट राम्रो छ । अब पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ ।

सेमिफाइनलमा पुग्न नसकेको श्रीलंकालाई च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया