श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिकै

 कात्तिक २३, २०८० बिहीबार २०:४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए ।

श्रीलंकाका एन्जेलो म्याथुजले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७१ रन बनायो । उसका लागि कुशल परेराले सर्वाधिक ५१ र महिश थीकशनाले नटआउट ३८ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन, लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २/२ विकेट लिए । आजको जितसँगै न्युजिल्याण्डको ९ खेलमा १० अंक भएको छ । ८/८ खेल खेलेका पाकिस्तान र अफगानिस्तानको  ८/८ अंक छ ।

अब सेमिफाइनलमा पुग्न पाकिस्तान र अफगानिस्तानले आफ्ना प्रतिस्पर्धीलाई ठूलो अन्तरले हराउनुपर्छ । तर यो असम्भव जस्तै देखिन्छ । पाकिस्तानले इंग्ल्याण्डसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । किनकि न्युजिल्याण्डको रनरेट निकै बलियो छ । आजको पराजयसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कम भएको छ ।  भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया