नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० गोलले हरायो । युनाइटेडका भिक्टर लिन्डेलफले खेलको ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेड १२ खेलमा २१ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।
अर्को खेलमा आर्सनलले बर्नलीलाई ३–१ गोलले हरायो । आर्सनलका लेयान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे । बर्नलीका जोस ब्राउनहिलले एक गोल फर्काए । जितसँगै आर्सनल १२ खेलमा २७ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । अरु खेलमा टोटनहम उल्भ्ससँग पराजित हुँदा एभर्टनले क्रिस्टल प्यालेसलाई र बर्नमाउथले न्यूक्यासललाई हराएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।