‘लरेन्स बिश्नाेईकाे सदस्य हुँ’ भन्दै नेपाली व्यवसायीलाई धम्की द...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल खेलअघि न्युजिल्यान्डका कप्तान केन विलियमसनले मुम्बईमा जे पनि हुन सक्ने बताएका छन् ।
भाेलि बुधवार दिउँसाे सवा २ बजे मुम्बईकाे वानखेडे स्टेडियममा न्युजिल्यान्ड र भारतबीच खेल शुरु हुनेछ । भारतीय टिम याे विश्वकपमा अविजित रहँदै सेमिफाइनलमा पुगेकाे हाे भने न्युजिल्यान्ड ५ खेल जितेर अन्तिम ४ मा पुगेकाे हाे ।
खेलअघि आज मङ्गलवार सञ्चारमाध्यमसँग कुरा गर्दै विलियमसनले भने, ‘यदि हामीले आफ्नाे क्षमताले खेल्याैँ भने जे पनि हुन सक्छ ।’
आईसीसी प्रतियाेगितामा भारतसँगकाे खेलमा न्युजिल्यान्डकाे रेकर्ड राम्राे छ । सन् २०१९ काे विश्वकपकाे सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई हराएकाे थियाे ।
विश्व टेस्ट च्याम्पियनशिपकाे फाइनलमा पनि न्युजिल्यान्डले भारतलाई हराएकाे थियाे ।
याे विश्वकपमा भारतीय टिमकाे प्रदर्शन खास रहे पनि सेमिफाइनलमा दुवै टिमसँग बराबर माैका रहेकाे न्युजिल्यान्डका कप्तान विलियमसनले बताए ।
उनले भने, ‘हामीलाई थाहा छ, यदि दिन हाम्राे हाे र हामी उत्कृष्ट प्रदर्शन गरिरहेका छाैँ भने हामीसँग सबैभन्दा राम्राे माैका छ ।’
मुम्बईमा हुने सेमिफाइनल खेलकाे सबै टिकट बिक्री भइसकेकाे छ र धेरैजसाे दर्शकले भारतीय टिमकाे समर्थनमा छन् ।
याे अवस्थालाई लिएर विलियमसनले भने, ‘हामी सेमिफाइनलमा पूरै स्टेडियमा निलाे (भारतीय टिमकाे जर्सीकाे रङ) हुने आशा गर्छाैँ । हाम्राे टिमकाे खेलाडीलाई हरेक परिस्थितिमा खेल्ने अनुभव छ । यस्ताे वातावरणमा खेल्ने माैका पाउनु विशेष कुरा हाे ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।