सेमिफाइनलअघि भारतीय कप्तानले भने– ‘न्युजिल्यान्डकाे कमजाेरी हामीलाई थाहा छ’

 कात्तिक २८, २०८० मंगलबार २०:१५:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टिमका कप्तान राेहित शर्माले न्युजिल्यान्डकाे शक्ति र कमजाेरीकाे बारेमा आफ्नाे टिमलाई थाहा भएकाे बताएका छन् । सेमिफाइनल खेलअघि आज मङ्गलवार सञ्चारमाध्यमसँग कुरा गर्दै राेहितले यस्ताे बताएका हुन् ।

सेमिफाइनलमा भारतले भाेलि बुधवार दिउँसाे सवा २ बजे शुरु हुने खेलमा मुम्बईकाे वानखेडे स्टेडियममा न्युजिल्यान्डकाे सामना गर्दैछ । भारतीय टिम अहिलेसम्म प्रतियाेगितामा अपराजित छ र लिग राउन्डमा न्युजिल्यान्डलाई ४ विकेटले हराएकाे थियाे ।

धर्मशालामा भएकाे त्याे खेलमा न्युजिल्यान्डका कप्तान केन विलियमसन घाइते भएका कारण खेलेका थिएनन् । विलिमयसन मुम्बईमा हुने सेमिफाइनल खेल्नेछन् र उनले दुवै टिमसँग बराबर माैका भएकाे बताएका छन् ।

भारतीय कप्तान राेहित शर्माले न्युजिल्यान्ड सबैभन्दा अनुशासित टिम भएकाे बताउँदै भने, ‘न्युजिल्यान्ड निकै स्मार्ट तरिकाले खेल्छ । उसले हाम्राे धेरै खेलाडीसँग खेलेकाे छ । उसले हाम्राे मानसिकतालाई बुझ्छ । हामीलाई पनि थाहा छ, उनीहरू कसरी खेल्छन् भन्ने । उनीहरूकाे शक्ति र कमजाेरी हामीलाई थाहा छ ।’

‘हामीलाई याे हप्ताकाे महत्त्व थाहा छ । प्रतियाेगितामा हामीले जे गर्दै आइरहेका छाैँ, हामीलाई त्याेभन्दा केही नयाँ गर्ने आवश्यकता छैन’, राेहितले थपे ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया