‘लरेन्स बिश्नाेईकाे सदस्य हुँ’ भन्दै नेपाली व्यवसायीलाई धम्की द...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – चार देशीय महिला टी–२० शृङ्खलामा अहिले नेपालले तान्जानियासँग खेल्दैछ । खेल बिहान सवा ७ बजे हङकङमा शुरु भएको हो । नेपालले पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो । अहिले भइरहेको खेलमा तान्जानियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
महिला टी–२० को विश्व वरियतामा तान्जानिया १९ औँ र नेपाल २१ औँ स्थानमा छन् । नेपालले यसै शृङखलाबाट कप्तान परिवर्तन गरेर इन्दु बर्मालाई जिम्मेवारी दिएको छ । रुविना क्षेत्री खेलाडीको रुपमा खेल्नेछिन् । बिरामी भएका कारण नेपालकी प्रमुख तीव्र गतिकी बलर कविता कुँवर टोलीमा छैनन् ।
नेपालको टोलीमा तीव्र गतिका बलरमा पहिलो पटक सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन् । हङकङले आयोजना गरेको सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।