नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले ३ वटै फर्म्याटकाे कप्तानी छाड्ने घाेषणा गरेका छन् ।
भारतमा भइरहेकाे आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर प्रतियाेगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घाेषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत याे जानकारी दिएका छन् ।
बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गर्दै टाेलीलाई सीमित ओभरकाे क्रिकेटमा आईसीसी वरीयताकाे शीर्ष स्थानमा समेत पुर्याएका थिए । तर विश्वकपमा टाेली समूह चरणबाटै बाहिरिएपछि उनकाे आलाेचना भएकाे थियाे । बाबरले ९ खेलमा ३ सय २० रन बनाएका थिए ।
बाबरले टाेलीकाे कप्तानी छाडे पनि खेलाडीकाे भूमिकामा ३ वटै फर्म्याटमा खेल्ने पनि बताएका छन् । उनले याे ४ वर्षका लागि क्रिकेट समर्थक र पाकिस्तान क्रिकेट बाेर्डलाई धन्यवाद पनि दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।