नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम स्टेडियममा आज राति नेपाली समय अनुसार साढे ९ बजे शुरु हुनेछ ।
नेपालले दोस्रो पटक यूएईसँग खेल्न लागेको हो । यसअघि सन् १९८४ मा एसिया कप छनोटमा नेपालले यूएईसँग खेलेको थियो । त्यसबेला नेपाल ११–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन् । फिफा वरीयतामा यूएई ६९औँ स्थानमा छ । बहराइन ८३ औँ र यमन १५६ औँ स्थानमा रहदा नेपाल १७३ औँ स्थानमा छ ।
नेपालले मंसिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ । यो खेल दशरथ रंगशालामा हुनेछ । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ ।
चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।